#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73757735000546297156280
नेपाल5041

५४ वर्षको उमेरसम्म पुग्दा ककसका गडफादर बने सलमान ?

काठमाडाैँ । चर्चित बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औँ जन्म दिन मनाए । बलिउडका सुपरस्टार खान ५४ वर्ष पुग्दासम्म पनि चलचित्रमा किशोरको भूमिकामा देखा परिरहेका छन् । कहिले कुन केस त कहिले कुन केसमा पर्ने तथा बारम्बार विवादमा परिरहने सलमान खानलाई दिलदार अभिनेता पनि मानिन्छ । आफ्ना साथीसम्बन्धीका बीच प्रिय, करोडौं प्रशंसकका मुटुको धड्कन बन्न सफल सल्लु भाइ यो उमेरसम्म पनि अविवाहत नै छन् । यद्यपि समसयसमयमा उनको नाम विभिन्न युवती एवं अभिनेतृहरूसँग जोडिइरहने गरेको छ । संगीता विजलानी, ऐश्वर्या राय, सोमी अली, कैट्रिना कैफ आदिसँग उनको अफेयरको चर्चाले बलिउड गर्माएको थियो ।

३३ वर्षे फिल्मी करिअरमा सलमानले अनेकौं उतारचढावको सामना गरे । पठान बाबु र मराठी आमाका छोरा सलमान सन् १९८८ मा ‘बिबी हो तो ऐसी’ नामक चलचित्रबाट सहअभिनेताका रूपमा सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए । सन् १९८९ मा ‘मैने प्यार किया’ नामको चलचित्रमा पहिलो पटक प्रमुख भूमिकामा देखा परेका खानले त्यसपछि पछाडि फर्केर हेर्नु परेन ।

यस अवधिमा सलमान धेरै जनाको गडफादर बनेका छन् । उनले थुप्रै नायकनायिकालाई बलिउडमा भित्र्याए । यहाँ सलमानकै सहयोगमा बलिउडमा स्थापित भएका तथा डेब्यु गरेका नायिकाहरूको विषयमा चर्चा गरिएको छ ।

कैट्रीना कैफ

चर्चित अभिनेत्री कैट्रीना कैफलाई एउटा सफल र चर्चित बनाउनमा सलमानखानको ठुलो हात छ । २००५ मा ‘मैने प्यार क्यँु किया’ नामको चलचित्रमा कैफले खानसँग पहिलो पटक एउटै सिनेमामा काम गर्ने मौका पाएकी थिइन् । त्यस अघिपनि कैफले अन्य केही सिनेमाहरूमा अभिनय गरेकी थिइन् तर ती सिनेमाहरू सफल थिएनन् । खानसँग सिनेमा खेलिसकेपछि भने उनी रातारात चर्चित मात्र भइनन्, बलिउडकी सुपरस्टार नायिका बन्न सफल भइन् । टाइगर सिरिजमा उनले सलमानसँग गरेको अभिनय दमदार छ ।

सोनाक्षी सिन्हा

चर्चित अभिनेता शत्रुघ्न सिन्हाकी पुत्री सोनाक्षीलाई पनि सलमान खानले नै चलचित्र ‘दबंग’ चलचित्रबाट डेब्यु गराएका थिए । दबंगमा सिन्हाको भुमिकालाई दर्शकहरूले निकै रुचाए त्यसैले दबंग २ र दबंग ३ मा पनि सिन्हालाई प्रमुख अभिनेत्रीको रूपमा देख्न पाइन्छ । उनी अहिले बलिउडकी स्थापित नायिका हुन् ।

भाग्यश्री

‘मैने प्यार किया’ बाट भाग्यश्रीले खानसँग फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् । यस फिल्मको कारणले उनले फिल्म फेयरमा बेस्ट डेब्यु एक्ट्रेसको अवार्ड पनि पाएकी थिइन् । सिनेमा क्षेत्रमा शानदार शुरवात गरे पनि उनी यस क्षेत्रमा लामो समय टिक्न सकिनन् ।

रेवती

मलयालम नायिका रेवतीले पनि बलिउडमा सलमानसँगै डेब्यु गरेकी थिइन् । त्यसअघि उनी मलयालम सिनेमाहरूमा अभिनय गर्थिन् । रेवतीले २०१४मा २ स्टेटस नामको चलचित्रमा आलिया भट्टको आमाको भूमिका निर्वाह गरेकी थिइन् ।

नगमा

सन् १९९० मा नगमाले सलमानसँग बागी नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । फिल्मले सर्वाधिक चर्चा कमाए पनि नगमाले भने त्यति चर्चा कमाउन सकिनन् । त्यसपछि केही चलचित्रमा देखा परे पनि उनले खासै प्रभाव छाड्न सकिनन् ।

रविना टंडन

‘पत्थर के फूल’ नामक चलचित्रबाट रविना टंडनले सलमान खानसँग बलिउडमा डेब्यु गरेकी थिइन् । रविनाका कैयौं हिट फिल्महरू छन् । विवाह गरेपछि उनी फिल्मी क्षेत्रबाट टाढिइन् ।

चाँदनी

चलचित्र ‘सनम बेवफा’बाट चाँदनीले सलमान खानसँग बलिउडमा प्रवेश गरेकी थिइन् । यसपछि केही फिल्ममा देखा परे पनि उनले बलिउडमा खासै छाप छोड्न सकिनन् ।

स्नेहा उलाल

सलमान खानले २००५ मा चलचित्र ‘लक्की’ मा स्नेहा उलाललाई सिनेमा क्षेत्रमा डेब्यु गराए । त्यसैगरी स्नेहाले २००६ चलचित्र आर्यनमा पनि अभिनय गरिन् तर त्यो सिनेमा पनि त्यति सफल रहेन । त्यसपछि स्नेहा तेलेगु र बंगाली सिनेमाहरूमा अभिनय गर्न थालिन् ।

भूमिका चावला

भूमिकाले सलमान खानसँग चलचित्र ‘तेरे नाम’ बाट डेब्यु गरेकी थिइन् । यसपछि केही बलिउड मुभीहरूमा देखिए पनि उनले खासै प्रभाव जमाउन सकिनन् । अन्ततः उनी साउथ इन्डियन मुभीतिरै लागिन् ।

जरीन खान

जरीन खानलाई पनि सलमानले चलचित्र ‘वीर’बाट डेब्यु गराए । त्यसपछि जरीनले केही राम्रा चलचित्रमा काम गर्ने अवसर पाइन् । यद्यपि उनी पनि बलिउडमा स्थापित हुन भने असफल रहिन् ।

सइ मांजरेकर

 

सलमानले हालै मात्र सार्वजनिक भएको आफ्नो चलचित्र दबंग ३ मा चर्चित कलाकार महेश मांजरेकरकी छोरी सइ मांजरेकरलाई डेब्यु गराएका छन् । उनले पहिलो प्रयासमा निकै तारिफ पाएकी छिन् । उनको भविष्य के हुने हो त्यो भने हेर्न बाँकी छ ।

यसबाहेक पनि सलमानले धेरैलाई साथ दिएका छन् । उनले हालै मात्र कपिल शर्माको डुबिसकेको करिअर माथि उठाउन ठूलो सहयोग गरे । बर्थ डे ब्वाय सलमान खानलाई हाम्रो तर्फबाट पनि ह्याप्पी बर्थ डे !

सम्बन्धित समाचारहरु

ताजा समाचार