शरणार्थी प्रकरणमा दोषी कोही बच्दैन, निर्दाेष कोही पर्दैनन्ः प्रधानमन्त्री प्रचण्ड

शरणार्थी प्रकरणमा दोषी कोही बच्दैन, निर्दाेष कोही पर्दैनन्ः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी कोही नबच्ने र निर्दोष कोही नफस्ने दाबी गरेका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्र्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अनुसन्धान र प्रक्रिया अगाडि बढिसकेको बताएका हुन् ।  ‘शरणार्थी प्रकरणको अनुसन्धान र प्रक्रिया अगाडि बढिरहेको छ, मैले भनेको छु, दोषी कोही बच्न सक्दैन निर्दोष कोही पर्दैनन् । सरकारको त्यही जोड छ  । आज उठेको विषयले सरकारको झनै मनोबल बढेको छ ।’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले कसैले दबाब दिएर कारवाही प्रकृया नरोकिने अडान पनि दोहोर्याए ।  

Logo