बेलायतका राजा तृतीयाको राज्याभिषेकमा नेपाल स्काउटको टोली सहभागी

बेलायतका राजा तृतीयाको राज्याभिषेकमा नेपाल स्काउटको टोली सहभागी


बेलायतका राजा चार्ल्स तृतीयाको राज्याभिषेकमा नेपाल स्काउटको टोली  सहभागी भएको छ ।

वेस्टमिन्स्टर एबेमा आयोजित समारोहमा स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराई र संयोजक लोकबहादुर भण्डारीसहित ६ जनाको टोली सहभागी भएको हो ।  राजपरिवारको निमन्त्रणा समारोहमा स्काउट प्रतिनिधिहरू राष्ट्रिय झन्डासहित सहभागी भएका हुन्।

यस्तै नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउँद पनि समारोहमा सहभागी भएका छन्।  बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

Logo