#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559197034795028751562368864
नेपाल6824566112

सरस्वती क्लबमाथि पुलिसकाे जित

काठमाडौं । नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ । पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

सरस्वतीको यो लगातार तेस्रो हार हो ।  पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो । अंक विहीन सरस्वती लिगको पुछारमा रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार