नक्कली लालपुर्जा बाडेर पैसा असुल गर्ने ४ जना पक्राउ

नक्कली लालपुर्जा बाडेर पैसा असुल गर्ने ४ जना पक्राउ


नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा चारजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाडने कार्यमा सलग्न चारजना पक्राउ परेका हुन । उनीहरुले एक सय भन्दा सर्वसाधरणवाट रकम उठाएर नक्कली लालपुर्जा बाडेको खुल्न आएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँडनेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिईएको छ । साे घटनामा सलंग्न एकजना भने पफरार रहेका छन् । 

प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँडने क्रममा पक्राउ परेकाहरुले एक परिवारसँग ९०  हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।

Logo