बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ। उनीहरूबीच सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री शाहबीचकाे भेटमा प्रदेश सरकार विस्तारबारे छलफल भएको जनाइएकाे छ। 

प्रधानमन्त्री दाहालसँगको भेटमा मुख्यमन्त्री शाहसहित मन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य खगराज भट्ट र ओमप्रकाश भाटलगायतको पनि सहभागिता रहेकाे थियो। गत २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।  

Logo