काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामै फर्कियो

काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामै फर्कियो


भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज फेरि भैरहवा नै फर्किएको छ। सोमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौँ आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो।

इन्डिकेटरले जहाजमा खराबी देखाएकोले बीचबाटै फर्किएको चालक दलका सदस्यले बताए। भैरहवाबाट सोमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौँतर्फ उडेको थियो। करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा नै फर्किएर ल्याण्ड गरेको जनाएको छ।

Logo