संसदमा कपडा खोलेर अर्धनग्न हुने सांसद अमरेशलाई के हुन्छ कारबाही ?

संसदमा कपडा खोलेर अर्धनग्न हुने सांसद अमरेशलाई के हुन्छ कारबाही ?


प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सनक प्रर्दशन गरेका छन् । आज बसेको बैठकमा संसदीय मर्यादालाई वेवास्ता गर्दै आफूलाई बोल्न नदिएको झोकमा सांसद सिंहले कपडा खोलेर अर्धनग्नता प्रर्दशन गरेका हुन् ।

‘माननीय सदस्य तपाईंलाई बोल्न समय दिइएको छैन् । माननीय सदस्य बसौं । माननीय सदस्यहरु बसौं ।’ सभामुख देवराज घिमिरेले आग्रह गर्दै गर्दा कांग्रेसस सांसद अमरेश कुमार सिंह सर्टका टाँक खोल्न व्यस्त थिए । उनको यो व्यवहारको अन्य सांसदहरुले समेत उठेर विरोध जनाएका थिए । त्यसलगत्तै, सभामुखले सिंहलाई असभ्य व्यवहार नदेखाउन चेतावनी दिए । उनले भने ‘तपाईले जुन व्यवहारहरु देखाइरहनु भएको छ । त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा म तपाईलाई म चेतावनी दिन चाहान्छु ।’

सभामुखको बारम्बारको चेतावनीपछि सिंहले कपडा लगाएका थिए । 

सभामुखले नियम ३० अनुसार अभद्र व्यवहार देखाएकोमा चेतावनी दिएका थिए। चेतावनीको पालना नगरे बैठकबाटै निष्कासन गर्नसक्ने व्यवस्था संसद नियमावलीको नियम ३१ मा उल्लेख छ। ‘आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाठ बाहिर जान आदेश दिन सक्नेछ । त्यस्तो आदेश पाएपछि सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।’ भनिएको छ । 

No description available.

Logo