संसद्‌मा ज्ञानेन्द्रबहादुर कार्कीले भने- ‘पपुलिष्ट’ होइन, यर्थाथपरक बजेट चाहियो

संसद्‌मा ज्ञानेन्द्रबहादुर कार्कीले भने- ‘पपुलिष्ट’ होइन, यर्थाथपरक बजेट चाहियो


पूर्व सञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगमी वर्ष रोजगार सिर्जना हुने गरी बजेट ल्याउन माग गरेका छन्।

प्रतिनिधि सभा बैठकमा जारी ‘प्रि बजेट’ छलफलमा उनले बजेट उत्पादन केन्द्रीत मात्र नभई यथार्थपरक हुनुपर्नेमा जोड दिए।  देशको आर्थिक स्रोत संकुचित भएको कारण देखाउँदै बजेट यर्थाथपरक हुनुपर्ने उनको तर्क छ। 

उनले भने ‘मुलुकलाई ‘पपुलिस्ट’ होइन, यर्थाथपरक बजेटको आवश्यकता छ।’ प्रचुर सम्भावना रहेतापनि मुलुकमा विकासले गति नलिएको बताउँदै उनले आन्तरीक एकता स्थापित गर्न शान्ती प्रकृयालाई टुङ्गोमा पु-याउनु पर्ने बताए। 

उनले भने,‘शान्ती प्रकृयालाई अन्त्य गरेर संकृणताभन्दा माथि उठेर राष्ट्रिय र आन्तरिक एकतालाई अझ मजबुत गर्न आवश्यक छ। अबको दश वर्षभित्र देशमा जुन साधन र स्रोत छ। त्यसको अधिकतम उपभोग गरेर विकासको चाहानालाई पूरा गर्नुको हामीसँगै विकल्प छैन।’  

मुलुक समृद्धिकालागि युवा पलायनलाई रोक्न आवश्यक रहेको उनको भनाई छ। मुलुकमा युवाको जनशक्ति उल्लेख्य रहेको हुँदा मुलुकले त्यसको लाभ लिनुपर्ने उनले बताए। 

Skip This
Logo