सरकारले देश मन्दीमा गएको कुरा लुकाएको पूर्व अर्थमन्त्री पौडेलको आरोप

सरकारले देश मन्दीमा गएको कुरा लुकाएको पूर्व अर्थमन्त्री पौडेलको आरोप


पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले आर्थिक रुपमा मूलुक मन्दीमा गएको विषय सरकारले जनतासंग लुकाएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा भएको प्रि-बजेटको छलफलमा उनले कुल ग्रार्हस्थ उत्पादनको ऋणात्मक मूल्यले मूलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुरा पुष्टि गर्ने भन्दै सरकारले यो सूचना जनतासँग लुकाएको बताएका छन् ।

उनले जनतामा त्रास आउने डरले देशको आर्थिक स्थिति मन्दीमा गएकोबारे सरकारले सूचना लुकाउँदा त्यसले जनताप्रतिको अविश्वास पैदा तर्क गरे ।   उनले भने ‘अघिल्लो आर्थिक वर्षका लगातारका दुई त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकको कुलग्रार्हस्थ उत्पादनको ऋृणातत्मक मूल्यले मूलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुराको पुष्टि गर्छ। आर्थिक रुपमा मूलुक मन्दीमा गयो भन्ने सच्याईलाई जनताहरुमा जस्ताको त्यस्तै पु-याए त्रास पैदा हुन्छ भनेर लुकाएको सुन्छु। यो जनता प्रतिको अविश्वास हुन्छ।  त्यसैले जस्ताको त्यस्तै समाजको अगाडि प्रस्तुत गर्नुपर्छ ।’

उनले देशले लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गरिएको भन्दै यस्ले देशको आर्थिक अवस्था झनै गम्भीर रहेको बताए । अघिल्लो वर्षको तुलनामा आजको मितिसम्म अहिले १३ प्रतिशतले कम राजस्व उठेको पनि उनले जानकारी दिए । 

Logo