विनियोजन विधेयकमा अर्थतन्त्रको मेरुदण्ड स्पष्ट नभएको सांसद खानको टिप्पणी

विनियोजन विधेयकमा अर्थतन्त्रको मेरुदण्ड स्पष्ट नभएको सांसद खानको टिप्पणी


जनमत पार्टीका सांसद अब्दुल खानले विनियोजन विधेयक २०८० मा नेपालले कुन कुरालाई अर्थतन्त्रको मेरुदण्ड बनाउने भन्ने कुरा स्पष्ट नभएको टिपप्णी गरेका छन् ।  

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खानले नेपालको अर्थतन्त्र तरल अवस्थामा रहेको हुनाले अर्थतन्त्रलाई बलियो बनाउने विधेयक आउनु आवश्यक भएको बताएका हुन् । 

उनले भने, ‘नेपालको अर्थतन्त्र तरल अवस्थामा छ । प्रस्तुत गरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तमा विभिन्न किसिमका योजनाहरु राखिएको छ तर वास्तकमा जसरी खाडिले तेललाई आफ्नो अर्थतन्त्रको मेरुदण्ड बनाएको छ । नेपालले कुन कुरालाई मेरुदण्ड बनाउने भन्ने कुरा स्पष्ट भएको छैन् । त्यसको नमूना यसमा हुनैपर्छ ।’

उनले नेपालीमा फलफूल, तरकारीजन्य, मासुजन्य उत्पादन गर्ने र पर्यटन क्षेत्रलाई विकास गर्ने हो भने अर्थतन्त्रलाई बलियो पार्न सक्ने बताए । 

Logo