बजेटको सिलिङ नघटाउन सांसद पौडेलको आग्रह

बजेटको सिलिङ नघटाउन सांसद पौडेलको आग्रह


नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजित विधेयक सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसद पौडेलले पैसा छैन भन्दै बजेटको सिलिङ घटाउनको सट्टा भ्रष्टाचार न्यूनीकरण गर्न सुझाव दिएका हुन् । 

उनले भने, ‘गत सालको भन्दा एक खर्ब कममा बजेट आउँदै छ भन्ने सुनको छु । मन्त्रीहरुले पैसा छैन भन्नुहुन्छ । मेरो अर्थमन्त्रीलाई अनुरोध छ, तपाईंले आँट गर्नुहोस्, भएका सम्भावना खोजौँ, बजेटको सिलिङ नघटाउन अर्थमन्त्रीलाई सुझाव दिन्छु । करको दायर वृद्धि गरौं । सफ्ट लोनमा वैदेशिक अनुदान ल्याउँ, करको दायरा बढाऔँ । बेरुजु नियमन र भ्रष्टचार न्यूनीकरण गरौं तर बजेटको सिलिङ नघटाऔँ ।’

उनले अहिलेको आर्थिक अवस्थालाई लयमा ल्याउन साझा संकल्प जरूरी भएको पनि बताए । शान्तिप्रकृयाको विषय टुंगोमा पुर्याउनु अहिलेको आवश्यक्ता भएकाले यसलाई अघि बढाउनु सबैको साझा कर्तव्य भएको उनको भनाई छ ।

Logo