बालिका बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

बालिका बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ


१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरकाे बेलका नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई प्रहरीले पक्राउ गरेको छ । 

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

Logo