तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० बैसाख २७ गते बुधबार। १० मे २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। महिला वर्गबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मन खिन्न हुने स्थिति आउनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। स्वास्थ्यप्रति सजग रहनु होला, तर शेयर बजारबाट राम्रो लाभ मिल्नेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज श्रमको उचित मूल्याङ्कन हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज माया प्रेममा सामीप्यता बढ्दै जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। शुभ समाचार सुन्न पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रेममा बाधाका साथै मन कमजोर रहला। घर परिवारमा झैझमेलाको अवस्था आउला। कार्यमा अवरोध आउला। दिनको उत्तरार्धमा खर्च हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज राज्यबाट मान सम्मान पाइनेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आर्थिक लाभ पनि राम्रै होला।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज कुनै कुराले मन प्रसन्न रहनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
गरेको काममा ढिलासुस्ती हुनेछ। तनाव बढेको महसुस हुनसक्छ, अत : विचार गरेर निर्णय लिनु उचित होला साँझमा नयाँ खबर भने पाइन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अरुलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनसक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। शेयर बजारबाट पनि राम्रो लाभ मिल्नेछ।

Logo