अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु


अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएकाे छ ।

हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका भुमिकास्थान  २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको मृत्यु भएको हो ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो। पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएकोमा बाटोमै मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए ।

Logo