बुद्ध एयरका दाजुभाइबीच चुलियो सम्पत्ति विवाद, ठूलाे आर्थिक घोटला भएको शिवेन्द्रको आरोप

बुद्ध एयरका दाजुभाइबीच चुलियो सम्पत्ति विवाद, ठूलाे आर्थिक घोटला भएको शिवेन्द्रको आरोप


बुद्ध एयरका संचालक विरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चर्किएको छ। बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै उनका छोराहरुबीच सम्पत्तिलाई लिएर विवाद चर्किएको हो।

कान्छा छोरा शिवेन्द्रले आफूले हिसाब नपाएको भन्दै बुधबार पत्रकार सम्मेलन गर्दै असन्तुष्टि पोखेका छन् ।  आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको बताउँदै उनले कुनै पनि हरहिसाब पारदर्शीरुपले जानकारी नभएको बताएका छन् । सो क्रममा ६० प्रतिशत सेयर स्वामित्व हुनेले ठूलाे आर्थिक घोटला गरेको उनको आरोप छ ।  

‘एअरलाइन्समा बुबा सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत शेयर स्वामित्व र दाजु वीरेन्द्रबहादुर बस्नेतको नाममा २० प्रतिशत शेयर कायम थियो । पछि बुबाले आफ्नो नाममा रहेको ८० प्रशित शेयर मध्ये ४० प्रतिशत दाजु वीरेन्द्र बहादुर बस्नेतसहित उहाँको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत शेयर मेरा परिवारका सदस्यको नाममा गरिदिनुभएपछि पछिल्लो समय वीरेन्द्र बहादुर बस्नेतको ६० प्रतिशत र मेरो परिवारका सदस्यका नाममा ४० प्रतिशत शेयर स्वामित्व रहेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एअरमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको बताएका उनले कम्पनीसँग रहेका नौवटा वीच एयरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमति नगरेकाले आशंका पैदा भएको बताएका छन् । 

साथै शिवेन्द्रले कम्पनीमा ४० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको तर्फबाट आफूले हाल बुद्ध एयरले गरिरहेका काम कारबाही, आर्थिक हिसाबकिताब हेर्ने, योजनाहरुका बारेमा जान्ने र संस्थाको छविलाई अझै कसरी माथि उठाउन सकिन्छ भनेर वास्तविक अवस्थाबारे आफूले बुझ्ने प्रयास गरेको पनि बताएका छन् । 

विज्ञप्ति र शेयर विवरण-

 

Skip This
Logo