नेपालले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने

नेपालले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने


नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीवार दिएको जानकारीअनुसार टी-२० सिरिज मे २९ बाट मलेसियामा सुरु हुनेछ। साथै नेपालले दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल खेल्नेछ । जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ । 

सिरिजका सबै खेल बाइएसडी-यूकेएम ओभलमा हुने छ । 

पछिल्लो पटक नेपाली महिला क्रिकेटरले घरेलु मैदानमा एमसिसीको महिला क्रिकेट टिमसँग खेलेका थिए। 

Logo