पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक, उतारे आफ्नै जेल जीवन [भिडियोसहित]

पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक, उतारे आफ्नै जेल जीवन [भिडियोसहित]


अभिनेता पल शाह अभिनित ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको हिट गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । अनु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द, संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । 

अभिनेता पलकै निर्देशन रहेको भिडियोमा आफूले नाबालिग बलात्कारको आरोपमा एक वर्ष बिताएको जेल जीवनलाई देखाउन खाेजिएकाे छ । पल पक्राउ परेपछि आमा र बहिनी प्रहरी कार्यालय पुगेको दृष्यबाट सुरु भएको भिडियोमा पल त्यही पहिरनमा छन्, जुन पहिरनमा उनी त्यसबेला अदालत लैजाँदा थिए ।

पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक भिडियोमा पलले हतकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाइ, विभिन्न धार्मिक समुदायका मानिसहरूले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ । पलको प्रेमिकाको भूमिकामा भने सनिशा भट्टराईले अभिनय गरेकी छन् ।

भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी र बहिनीको भूमिकामा प्रिन्सु तिवारीको अभिनय छ ।

 

Logo