निदाएको बेला रुखबाट किन खस्दैनन् चरा ?

निदाएको बेला रुखबाट किन खस्दैनन् चरा ?


मानिसहरू निदाएको बेलामा झुम्न थाल्छन् । बसेको वा गाडिमा यात्रा गरेको बेलामा निदाउँदा मानिसको टाउको र शरीर असन्तुलित भएर झर्छ । तर के तपाईलाई थाहा छ ? चराहरू अग्लो रुखमा भएर पनि निदाएको अवस्थामा असन्तुलित हुँदैनन्। आउनुहोस् कारण जानौँ-

मानिसजस्तै चराहरूलाई लामो समयसम्म सुत्नु पर्दैन। चराहरूलाई गहिरो निद्रामा जानको लागि मात्र १० सेकेन्ड लाग्छ । चराहरू एक आँखा खोलेर सुत्न सक्छन् भन्ने थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । चराभित्र यस्तो विशेष शक्ति हुन्छ, जसले उनीहरू सुत्दा पनि सक्रिय रहन सक्छन् । चराहरूको सुतिरहेको बेला सक्रिय रहने मस्तिष्कको भाग आँखा खोल्ने भागको विपरीत हुन्छ। अर्थात्, यदि उसको दाहिने मस्तिष्क सक्रिय छ भने, उसको देब्रे आँखा खुला रहन्छ। जसकारण चराहरूले निदाएको बेला समेत कुनै पनि खतरा वा शिकारीबाट आफूलाई बचाउन सक्षम हुन्छन्।
 
निदाएको बेला के रुखबाट खस्छन् त चरा ?

चराहरूको खुट्टाको बनावटका कारण पनि रूखका हाँगाहरूमा बस्न सक्षम हुन्छन्। जब चराहरू रूखको हाँगामा सुत्न बस्छन्, तिनीहरूको पंजाको बनावटले तिनीहरूलाई राम्रो पकड बनाउन मद्दत गर्दछ। यो बनावटले चराहरूको लागि एक प्रकारले लकको रूपमा काम गर्दछ, जसकारण उनीहरु हाँगामा उल्टो झुण्डिएर समेत सुत्न सक्छन्।

Logo