इजरायली राजदूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस

इजरायली राजदूतावासले मनायो ७५औँ स्वतन्त्रता दिवस


नेपालमा पनि इजरायल स्वतन्त्रताको ७५औँ दिवस विशेष कार्यक्रम गरी मनाइएको छ। नेपालस्थित इजरायली राजदूतावासले बिहीबार एक विशेष कार्यक्रम गरी ७५औँ स्वतन्त्रता दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विशेष अतिथि परराष्ट्रमन्त्री एनपी साउद सहभागी थिए । कार्यक्रममा राजनीतिक दलका नेता तथा सांसद, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिला विषयका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, सञ्चारकर्मीलगायत सहभागी थिए ।

कार्यक्रममा इजरायली राजदूत हनान गोदेरले अतिथिलाई स्वागत गर्दै नेपाल–इजरायल सम्बन्धका विविध विषयका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भिडियो सन्देश देखाएको थियो ।

Logo