सिरहामा अवैध सामानसहित २ जना पक्राउ

सिरहामा अवैध सामानसहित २ जना पक्राउ


सिरहाका विभिन्न स्थानबाट प्रहरीले अवैध सामानसहित २ जनालाई पक्राउ गरेको छ। आन्तरिक राजस्व विभागको स्टिकरको अपचलन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले खोजतलास गर्दै जाँदा २ जनालाई पक्राउ गरिएको जनाएकाे छ। 

पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–१ बाट २२ वर्षीय रामशरण दास र सिरहाको गोलबजार नगरपालिका–६ बाट ३२ वर्षीय मनोजकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दासको घरबाट आन्तरिक राजस्व विभागको स्टिकर २५० थान, १ हजार १९ प्याकेट पराग, १ मोबाइल बरामद गरेको छ भने साहको घरबाट ६०० प्याकेट पराग, १ मोबाइल, अंगुरी बोरा २ बरामद गरेको छ ।

Logo