एलन मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी

एलन मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी


सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहिबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन्।’ उनले आफू कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको कामका लागि खटिने जनाएका छन् । 

उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छैनन्। यद्धपी, ट्विटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो ट्विटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाईएको छ। गत डिसेम्बरमा उनले ट्विटरको सिइयो छाडने घोषणा गरेका थिए। 

Logo