महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक छ : आरजु राणा

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक छ : आरजु राणा


नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताएकी छन् ।

उनले महिलामैत्री तथा महिला केन्द्रित आयोजना बनाउन यस्तो संयन्त्रले समन्वय गर्ने र एकीकृतरूपमा महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउन पनि सजिलो हुने धारणा राखिन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगले सामुदायिक महिला विकास केन्द्र मकवानपुर र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा बिहीबार हेटौँडामा सञ्चालन गरेको ‘महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा डा देउवाले सो धारणा राखेकी थिइन् ।

उनले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएको तर यो उपलब्धिलाई संस्थागत गरी त्यसबाट फाइदा लिन सक्ने अवस्थामा महिला अझै नपुगेका भन्दै यसका लागि पनि सो संयन्त्रले काम गर्न सक्ने बताइन् ।

यस्तो संयन्त्रले देशमा महिला अधिकार तथा महिला सशक्तीकरणका क्षेत्रमा भए/गरेका कार्यको अनुगमन गर्ने, आगामी दिनमा गर्नुपर्ने थप कार्यका लागि समन्वय गर्ने र दिगो विकास लक्ष्यमा कसरी पुग्ने भन्ने विषयमा पनि आवश्यक सहजीकरण गर्ने राणाले बताइन् ।

Logo