#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660974638861630271573193973
नेपाल2634102334290

पाल्पामा सवारी दुर्घटना बढ्दो

पाल्पा ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु १९ प २८०३ नं.को स्कुटीले लु २ ख १७६३ नं.को टिप्परलाई ‘ओभरटेक’ गर्दा ठोक्किन पुग्यो । दुवै यातायातका साधन पाल्पाबाट बुटबलतर्फ जाँदा भएको दुर्घटनामा थापा गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल बुटबल उपचारार्थ लगियो । थापाको मृत्यु भइसकेको अस्पतालले घोषणा ग¥यो ।

पाल्पामा सवारी दुर्घटनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउनेमा थापा मात्र एक्ला होइनन् । चालु आवको पाँच महिनामा १० जनाको मृत्युको कारण सवारी दुर्घटना हो । जिल्लाका मुख्य तथा सहायक सडकमा साना ठूला १०७ दुर्घटना भइसकेको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख पृथ्वीकुमार काफ्ले बताए । दुर्घटनामा ७१ गम्भीर र १७४ सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले सडकमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपेन्द्र जिसीले चालकका कारण ७० प्रतिशत दुर्घटना हुने बताए । मोबाइल प्रयोग गरी सवारीसाधन चलाउने र मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेका हुन् । सडक, पैदल यात्रु, पशुपन्छी लगायतका कारण ३० प्रतिशत सवारी दुर्घटनामा परी मानवीय क्षति हुँदै आएको छ । सडक मापदण्ड अनुसार निर्माण हुन सकेको छैन । अधिकांश साँघुरा, खाल्डा सडकमा सवारी जोगाउन चालकले कोसिस गर्दा अर्को सवारीको ठक्करबाट दुर्घटना बढेको प्रहरीको दाबी छ । ट्राफिक नियमपालन नगर्दा दुर्घटना बढेको छ ।

सांसद सोमप्रसाद पाण्डेयले ट्राफिक जनचेतनाले मात्र सवारी दुर्घटनामा कमी नहुने र यसमा कमी ल्याउन सबै जिम्मेवार हुनुपर्ने बताए । सडक यात्रुदेखि, सवारीचालक, प्रहरीलगायत सबैको चासो र जिम्मेवारी बहन गर्न तयार भएमात्र सवारीसाधन दुर्घटना कमी ल्याउन सकिने तर्क पाण्डेयको छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार