काबुल ।
अफगानिस्तानमा सरकार समर्थक फौजलाई लक्षित गर्दै भएको आक्रमणमा १४ जना मारिएका छन् । सोमबारको उक्त आक्रमणको जिम्मा तालिबान समूहले तत्कालै लिएको छ । तालिबान अधिकारीले देशव्यापी युद्धविरामको घोषणा गरेको केही घण्टामै यस्तो घटना भएको हो ।
नवाजन प्रान्तस्थित सरकार समर्थक फौजमाथि सोमबार बिहान आक्रमण भएको हो । सरकारका प्रवक्ता अब्दुल मरुफ अजरका अनुसार पाँचजना फौजी सिपाही घाइते छन् । यसअघि मात्रै कुन्दुज प्रान्तमा तालिबानी हमलामै १७ जना सिपाहीको मृत्यु भएको थियो । गत शुक्रबार भने हेलमन्द प्रान्तमा १० सिपाही मारिएका थिए ।
एजेन्सी