भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु


दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Logo