‘बैगुनीलाई ब्लुजले मार्नुपर्छ’

  • प्रसुन संग्रौला-

संगीत यस्तो चिज हो जसको झंकारमा मानव हृदयलाई तरंगित पार्नसक्ने अद्भुत शक्ति हुन्छ । संगीतका पनि थुप्रै विधाहरू छन् । सबै मानिसलाई फरक फरक विधाका गीत मन पर्छ । कसैलाई शास्त्रीय त कसैलाई आधुनिक संगीत मन पर्छ । आधुनिक संगीतमा पनि र्याप, रक, मेटल, ब्लुजजस्ता विविध विधा छन् जसलाई ‘जनर’ पनि भनिन्छ ।

ब्लुज संगीतको एउटा विधा हो जुन संसारभरि लोकप्रिय छ तर तुलनात्मक हिसाबले नेपालको सन्दर्भमा ब्लुज म्युजिकले त्यति लोकप्रियता पाएको देखिँदैन । ब्लुज संगीतका सर्जकहरू र यो खालका गीत गाउनेहरूको संख्या सीमित छ । त्यही सीमित समूहमा पर्ने एक सांगीतक समूह हो– ‘द मिडनाइट राइडर्स’ अर्थात (टिएमआर ट्रायो) ।

टिएमआर ट्रायो ब्लुज संगीत रुचाउनेहरू माझ एउटा प्रख्यात नाम हो । सन २००८ मा स्थापित भएको टिएमआर ट्रायोले आजका मितिसम्म पनि ब्लुज संगीतलाई निरन्तरता दिइरहेको छ । हाल यस समूहमा गीतार र भोकलमा जीमी ब्लुज, बेसमा सन्नी महत र ड्रममा जयराम छन् ।

केही महिनाअघि मात्र उक्त ब्याण्डले आफ्नो पहिले एल्बम ‘बैगुनीलाई ब्लुजले मार्नुपर्छ’ सार्वजनिक गरेका थियो । टिएमआर ट्रायोले समय समयमा काठमाडौँ, पोखरा, नारायणघाट र भैरहवा लगायतका ठाउँहरूमा आफ्नो प्रस्तुति दिइरहेको हुन्छ ।

ब्लुज नै किन ?

“हाम्रो रुचि पहिल्यैदेखि ब्लुज म्युजिकमै थियो, बीचमा हामीले अरू खालका संगीतहरू पनि बजाउने कोसिस ग¥यौँ तर त्यो त्यति चित्तबुझ्दो भएन, अनि त हामीहरू ब्लुज म्युजिककै लागि बनेका हौँ भन्ने कुरा महसुुुुुुुस भयो र यसैलाई निरन्तरता दिन थाल्यांै” ब्याण्डका बेसिस्ट महतले बताए । महत भन्छन्– ‘यस खासको संगीतमा ठूलो ग्याप छ र अहिले यो मेन स्ट्रिम म्युजिकबाट हराएको अवस्था छ । यो अवस्थाबाट लोकप्रिय बनाएर ब्लुजलाई बचाउने जिम्मेवारी पनि हामीमै छ ।’

नेपालमा किन लोकप्रिय हुन सकेन ब्लुज ?

ब्लुज संगीतले नेपालमा लोकप्रियता कमाउन नसक्नुको प्रमुख कारण यसमा देखिएको निरन्तरताको अभाव हो । महत भन्छन्– पहिले पहिले ब्लुज बजाउने आर्टिस्टहरूले यसलाई निरन्तरता दिन सकेनन् र विस्तारै विस्तारै श्रोताहरूको म्युजिकल टेस्टमा पनि परिवर्तन आउन थाल्यो । यी र यस्ता विविध कारणले गर्दा ब्लुज म्युजिकले पाउनुपर्ने जति चर्चा कमाउन नसकेको हो ।

ब्लुज म्युजिकमा आउन चाहनेहरूलाई सुझाव

‘ब्लुज म्युजिकमा आउन चाहना हुनेहरूले सर्वप्रथम संघर्ष गर्न सक्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा धेरै अपेक्षा राख्नु हुँदैन । यसमा रमाउनु नै ठूलो कुरा हो । ससाना शोहरू गरेर भए पनि यसलाई निरन्तरता दिन सिक्नुपर्छ, हामीले पनि आजको दिनसम्म यही गर्दै आएका छौँ ।’ महतले केन्द्रबिन्दुलाई बताए ।

सम्बन्धित समाचारहरु