भुटानी शरणार्थी प्रकरण : खाणले गिरोहका नाइकेहरूलाई भेटेको स्विकारे

भुटानी शरणार्थी प्रकरण : खाणले गिरोहका नाइकेहरूलाई भेटेको स्विकारे


पूर्व गृहमन्त्री बालकृष्ण खाणले मानव बेचबिखन गिरोहसँग भेटेको स्वीकार गरेका छन्।

बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाण र गिरोहबीच सम्पर्क भएको हो । गिरोहका नाइकेहरूसँग भेटेको खाणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ ।

केशव दुलाललाई मन्त्री खाणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ ।

पक्राउ पर्नुअघि खाणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

Skip This
Logo