श्रीमतीको हत्याको आरोपमा पक्राउ

श्रीमतीको हत्याको आरोपमा पक्राउ


आफ्नै श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अटोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पा रहेका छन् । मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा ५० वर्षीया श्रीमती मोतीमाया पौडेलकको घटनास्थलमै मृत्यु भएको भएको हो । खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Logo