प्रधानमन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति

प्रधानमन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति


प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको छ । 

आइतबार बसेको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको हो । बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा पनि गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सांसदहरुले बजेट निर्माण गर्दा मन्त्रीहरुले आफुहरुसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । उनले बजेट निर्माण गर्दा सांसदहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी रहेको बताए । 

उनले भने, ‘सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ । मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ । बजेट निर्माण गर्दा सांसदहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ ।’

Logo