ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन् । 

दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिड्ने छन्, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।  उता, तीन बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने सामुने हुनेछन्। जुन खेल एन्फा कम्प्लेक्स, सातदोवाटोमा सुरु हुनेछ। 

Logo