आईओएम नेतृत्वका लागि युरोप र अमेरिकाबीच प्रतिस्पर्धाको सम्भावना

आईओएम नेतृत्वका लागि युरोप र अमेरिकाबीच प्रतिस्पर्धाको सम्भावना


नेतृत्वका लागि असामान्य कटुतापूर्ण लडाईंपछि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आफ्ना वर्तमान प्रमुख (महानिर्देशक) वा उप–प्रमुख (उप–महानिर्देशक)ले संयुक्त राष्ट्रसङ्घीयको निकायको नेतृत्व गर्ने भन्ने विषयमा सोमबार निर्वाचन हुने देखिएको छ ।

आईओएमका १७५ सदस्य राष्ट्रले पोर्चुगल सरकारका पूर्वमन्त्री एन्टोनियो भिटोरिनोलाई दोस्रो कार्यकालका लागि समर्थन गर्ने वा आगामी पाँच वर्षका लागि अमेरिकी अधिकारी एमी पोपलाई समर्थन गर्ने मध्ये एकरोज्ने छन् ।

जेनेभास्थित सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार सोमबार बिहान ९:०० बजेदेखि सुरु हुने उक्त गोप्य मतदान मङ्गलबारसम्म चल्नेछ ।

सन् १९५१ मा दोस्रो विश्वयुद्धपछि युरोपमा भएको विस्थापनलाई व्यवस्थापन गर्न आइओएमको स्थापना भएको थियो तर यो सङ्गठनलाई सात वर्षअघि मात्र संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा स्वीकारिएको हो ।

विश्वव्यापी रूपमा आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा सङ्गठनको शीर्ष पदको दौड एक महत्वपूर्ण समयमा आएको छ । सन् २०२० को एक अनुमानअनुसार जेनेभास्थित यो निकाय विश्वभरका करिब २८ करोड १० लाख आप्रवासीको आवश्यकतालाई सम्बोधन गर्ने अग्रणी अन्तर्राष्ट्रिय संस्था हो ।

पर्यवेक्षकहरूका अनुसार महानिर्देशक पदका लागि गरिएको अभियानले अमेरिका र उसका युरोपेली सहयोगीहरूबीच दरार पैदा गरेको छ । यसले अमेरिकीलाई परम्परागत रूपमा अमेरिकी नेतृत्वदायी भूमिकामा फर्काउन ठूलो लगानी गरेको छ । -एएफपी

Logo