आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै


आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनकाे बैठक बोलाएका हुन् ।

Logo