गठबन्धनको बैठक चल्दाचल्दै बाहिरिइन् रञ्जिता

गठबन्धनको बैठक चल्दाचल्दै बाहिरिइन् रञ्जिता


बालुवाटारमा सरकारमा सहभागी दलको बैठक चलिरहेको बेला नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ बैठक छाडेर बाहिरिएकी छन्।

श्रेष्ठ केहीबेरअघि बैठक चलिरहेकै बेला बाहिर निस्किएको बालुवाटार स्रोतले जनाएकाे छ। हिजो सर्वोच्च अदालतले जिल्ला उच्चकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी  फैसला यथावत राख्ने फैसला गरेको थियो। यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए।

सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएको बुझिएको छ।

Logo