दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल बैंक र फरवाड माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । 

बुधवार नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १८० दशमलव ९६६३ कित्ता र फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको २१ लाख ११ हजार १२७ दशमलव ४६६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

दुई वटै कम्पनीको  बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

Logo