यूएईमा प्राइम एक्सप्रेसले जित्यो ‘उत्कृष्ट कार्गो’को अवार्ड

यूएईमा प्राइम एक्सप्रेसले जित्यो ‘उत्कृष्ट कार्गो’को अवार्ड


युएईमा रहेको प्राइम नेपाल कार्गोले ‘उत्कृष्ट कार्गो’ कम्पनीको अवार्ड प्राप्त गर्न सफल भएको छ । 

२५ वर्षदेखि नेपाल,भारत, अमेरिका, बेलायत,सिंगापुर,कतार, साउदी अरेबिया,मलेसिया,बंगलादेश,श्रीलंका, फिलिपिन्सलगायत अन्य थुप्रै मुलुकमा कार्गो सेवा र संसार भरी कुरियर डकुमेन्ट तथा पार्सल सेवा दिँदै आएको प्राइम नेपाल कार्गो युएईभरीकै उत्कृष्ट कार्गो बन्न सफल भएको हो । 

गत अप्रिल ३० मा एक सरकारी कार्यक्रमकाबिच दुबई भन्सारका महानिर्देशक अहमद महबुब मुसाबिहले प्राइम कार्गोका महाप्रबन्धक मोहम्मद जियादलाई उक्त अवार्ड प्रदान गरेका हुन् । 

प्राइम एक्सप्रेस इन्टर्नेसनल कुरियर अहिले युएईकै नम्बर वान कार्गोको रुपमा यूएईभरी परिचित छ ।

‘उत्कृष्ट कार्गो’ को अवार्ड प्राप्त गरेपछि महाप्रबन्धक जियादले “२५ वर्ष लामो कार्गो अनुभव, भरपर्दो सेवा, छिटो डेलिभरी र उत्कृष्ट ग्राहक सेवाले अवार्ड प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उक्त अवार्डको श्रेय सम्पूर्ण नेपाली ग्राहकलाई जाने महाप्रबन्धक जियादले बताए । प्राइम नेपाल कार्गोप्रतिको ग्राहकको विश्वासले नै आफूले उक्त अवार्ड पाएको जियाद बताउँछन् ।

प्राइम एक्सप्रेस इन्टर्नेसनल कुरियर अहिले युएईकै नम्बर वान कार्गोको रुपमा यूएईभरी परिचित छ । २५ बर्ष पुरानो प्राइम एक्सप्रेस कुरियरले ४ वर्ष पहिला अर्थात सन् २०१९ को अगस्टमा नेपालमा कार्गो सेवा सुरु गरेको थियो । 

यस कार्गोले ४ वर्षको छोटो अन्तराल मै १० लाख केजीबढी सामान नेपालमा सुरक्षित डेलिभरि गर्न सफल भइसकेको छ ।

यस कार्गोले ४ वर्षको छोटो अन्तराल मै १० लाख केजीबढी सामान नेपालमा सुरक्षित डेलिभरि गर्न सफल भइसकेको छ । साथै प्राइम एक्सप्रेसले दुबईमा २२ जना नेपालीलाई रोजगारी पनि दिएको छ । युएईमा हुने विभिन्न नेपाली कार्यक्रममा पनि सहभागी हुँदै आएको छ । यसको मुख्य कार्यालय दुबईमा र अन्य २६ वटा मुलुकहरुमा शाखा कार्यालयहरु रहेका छन् । 

Logo