#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18743974705221608322011955533
नेपाल2139060617415156

कर्णाली जिप दुर्घटनामा मृतक ३ जनाकाे सनाखत

बाजुराको हिमाली गाउँपालिका–७ बाँधुमा निर्माण भएको कर्णाली करिडोरमा आज दिउँसो करीब १ः३० बजेतिर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपता भएका छन् ।

धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज १०६४ नंको स्वामी कात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा कर्णाली नदीमा खसेर दुर्घटना हुँदा ४ जनाको घटास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जिपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर रहेका छन् ।

एक जना मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी स्वामीकामर्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उहाँकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख घाटले राससलाई जानकारी दिए । उनले दुर्घटनामा परी घाइते भएका र मृतकहरुको इलाका प्रहरी कार्यालय कोल्टी, प्रहरी चौकी पिलुचौर र सर्वसाधारणको सहयोगमा उद्धार कार्य भएको बताए ।

घाइते भएका चारमध्ये तीनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकलमा लैजाने तयारी भएको जनाइएको छ । कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा घाइतेको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुरमा लैजाने भए पनि मौसम खराबीका कारण समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । उनले प्रशासनको पहलमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर कर्णाली प्रदेशको सुर्खेतबाट घाइतेलाई उद्धारका लागि आउन लागेको जानकारी दिए । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार