नाै महिनामा अध्ययनका लागि ६७ अर्ब बाहिरियोः प्रधानमन्त्री प्रचण्ड

नाै महिनामा अध्ययनका लागि ६७ अर्ब बाहिरियोः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् ईश्वरी न्यौपानेले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । 

साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको उनले जानकारी दिए ।

साथै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारी सृजना गर्न सरकारी एवं सार्वजनिक शिक्षा सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।  

Logo