सरकारी खर्चमा मितव्ययिता अपनाई फजुल खर्च नियन्त्रणमा छाैँः प्रधानमन्त्री

सरकारी खर्चमा मितव्ययिता अपनाई फजुल खर्च नियन्त्रणमा छाैँः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी खर्चमा मितव्ययिता कायम गरि फजुल खर्चको नियन्त्रणको कार्य भईरहेको बताएका छन् । 

प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले सरकारले राजस्व प्रशासनलाई थप सुदृढ र सुस्त बनाएको बताएका हुन् । उनले सरकारले राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट, राष्ट्रिय पुँजी पलायन र अवैध कारोवारलाई कडाईकासाथ नियन्त्रण गर्ने नीति लिएको बताए । 

उनले भने, ‘सरकारी खर्चमा मितव्ययिता कायम गरी फजुल खर्चको नियन्त्रण गरिएको छ । सरकारले राजस्व प्रसाशनलाई थप सुदृढ र सुस्त बनाउँदै राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट राष्ट्रिय पुँजी पलायन अवैध कारोवारलाई कडाईका साथ नियन्त्रण गर्ने नीति सरकारले लिएको छ, विदेशी लगानीलाई  प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने नीति सरकारले लिएको छ ।’

नेकपा एमालेको सांसद पदम गिरीले प्रदेश र स्थानीय तहले पाउने समानीकरण अनुदानमा ५० प्रतिशत कटौति भएको छ । यस्तो परिस्थितिमा  राज्यको अनिवार्य दायित्व कसरी पूरा गर्नुहुन्छ ? सरकारको आर्थिक मन्दीको सामना गर्ने योजना के छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न वित्तीय मौद्रिक र क्षेत्रगत नीति तथा कार्यक्रमहरुमा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील रहेको बताए । 

Logo