एक समयको लोकप्रिय गीत ‘तिमीले साथ’ अब म्युजिक भिडियोमा

एक समयको लोकप्रिय गीत ‘तिमीले साथ’ अब म्युजिक भिडियोमा


करिव १ दशक अघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै स्रोताको मन-मुटुमा बस्न सफल गीत ’तिमीले साथ’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ’डेकेन्द्र श्रेष्ठ प्रडक्सन’ मार्फत सार्वजनिक गीत सार्वजनिक भएको हो । त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको गीतमा स्वर रहेको छ । एल्वम फरकमा समावेश यस गीतलाई रञ्जना अडियो क्यासेटले उत्पादन गरेको थियो । 

पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ।

बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ । केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्। यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ।

 

Logo