संसद् बैठकमा किन अनुपस्थित भए एमाले अध्यक्ष ओली ?

संसद् बैठकमा किन अनुपस्थित भए एमाले अध्यक्ष ओली ?


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमा खराबी आएका कारण आजको संसद् बैठकमा उपस्थित हुन नसकेको बताएका छन् ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजको संसद् बैठकमा बोल्ने बताएका अध्यक्ष ओली अनुपस्थित भएपछि सबैकाे जिज्ञासा बढेकाे थियाे । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य प्रतिकूलताका कारण उपस्थित हुन नसकेको भन्दै आगामी बैठकमा उक्त विषयमा आफ्नो धारणा राख्ने बताएका हुन् । 

'प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागि हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यसअघि वताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु । सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ । ठीक  छ ।' उनले भनेका छन् ।  

Logo