श्रीमतीको हत्यापछि सेफ्टी ट्यांकीमा फाल्ने श्रीमान पक्राउ

श्रीमतीको हत्यापछि सेफ्टी ट्यांकीमा फाल्ने श्रीमान पक्राउ


श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्यांकीमा शव फालेका थिए । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गर्भेलाई जेठ २ गते पक्राउ गरेको थियो । उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन् ।

केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो । हत्यापछि छोराछोरी लिएर गर्भे फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए। अभियुक्त विकलाई कपिलवस्तुमा ल्याइएको छ ।

Logo