आगामी चुनावमा बहुमत ल्याएर एक्लै सरकार चलाउँछाैँ, भ्रष्टाचार अन्त्य गर्छाैँः रवि लामिछाने

आगामी चुनावमा बहुमत ल्याएर एक्लै सरकार चलाउँछाैँ, भ्रष्टाचार अन्त्य गर्छाैँः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा रास्वपाले बहुमत ल्याउने दाबी गरेका छन् । 

शनिबार काभ्रेमा भएको पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले ०८४ सालको निर्वाचनमा रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने दाबी गरेका हुन् । भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ । 

‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एकपटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन।’ उनले भने, ‘कयौं भ्रष्टाचारको फाइलको धुलो टक्टक्याउने बेला आएको छ। त्यसका लागि नेपाली जनताको साथ चाहिन्छ। हामी होस्टे गर्छौं, तपाईंहरू हैसें गरिदिनुहोला।’

हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई जोगाउन केही दलहरू लागिपरेको तर, त्यसमा आफूहरुकाे खवरदारी रहने सभापति लामिछानेकाे भनाई थियाे । 

Logo