#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
चतरा , बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए ।शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित टोलीले फेला पारेको वन अधिकृत शिवलाल बिकले जानकारी दिए । उनीहरुका साथबाट एक थान भरुवा बन्दुक, एक थान खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ । रासस

भरुवा बन्दुकसहित दुई पक्राउ

चतरा ,
बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए ।

शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित टोलीले फेला पारेको वन अधिकृत शिवलाल बिकले जानकारी दिए । उनीहरुका साथबाट एक थान भरुवा बन्दुक, एक थान खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार