अध्यक्ष ओलीको प्रश्नः कुन सरकार बनेपछि जनता उत्साहित भए ?

अध्यक्ष ओलीको प्रश्नः कुन सरकार बनेपछि जनता उत्साहित भए ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतामा आएको निराशा समाप्त भयो भन्दै पेश गरिएको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । 

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले मिटब्याज पीडितदेखि अन्य पीडितहरु अनशनमा बसिरहेका छन् त्यतातिर ध्यान दिनुपर्छ कि पर्दैन भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

उनले भने, 'यो सरकार बनेपछि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम भएको छ रे,  कुन सरकार बनेपछि पुष १० भनेको हो कि अस्तितिरको हो, मन्त्रीको मात्रै हो कि प्रधानमन्त्रीको हेरफेर हो कि ? यो सरकार भन्या कुन सरकार भ्रष्टाचारीविरुद्ध उधुम गरे रे ! जनतामा आएको निराशा समाप्त भयो रे ! जनता उत्साहित भए रे ! सरकारको समर्थन ह्वात्तै बढेका छन् रे यो प्रतिवेदनमा छ ! यथार्थ त्यहि हो त ? मिटब्याज पीडितदेखि अरू मान्छेहरू कहिलेदेखि अनशनमा छन्, त्यतातिर ध्यान दिनुपर्छ कि पर्दैन ?'

अध्यक्ष ओलीले गृह जिल्ला झापा जाँदा भएको आक्रमणमा सरकार मूकदर्शक बनेको आरोप पनि पुनः दोहोर्याए । उनले भने, 'म जाँदा ढुंगा प्रहार हुँदा पनि सत्ता मूकदर्शक हुन्छ। नजिकै आएर मेरो तथानाम भन्छन् यो कानुनीराज हो कि जंगली राजमा पनि यस्तो हुँदैन। जंगलीराज एउटा प्राकृतिक नियम अनुसार हुन्छ । यहाँ जथाभावी भइरहेको छ।'

Logo