नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै


संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजे बैठक बस्नेछ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरू तोकिएको सचिवालयले जनाएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आ.ब. २०८०/८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, बार्षिक नीति तथा कार्यक्रममाथी माननीय सदस्यहरुबाट प्राप्त संशाेधन प्रस्तुत हुने र  सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ । 

 

Skip This
Logo