नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी : यो देशमा यस अघि सरकार थिएन?

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी : यो देशमा यस अघि सरकार थिएन?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रमले यस अघि यो देशमा कुनै सरकार नै थिएन झै छनक दिएको टिप्पणी गरेका छन्। 

आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले यस अघि यो देशमा कुनै नीति नै बनेको थिएन् कि भन्ने भान दिएको आरोप लगाए। 

उनले भने ‘प्रस्तावित नीति तथा कार्यक्रम मानौ देशमा पहिलो पटक तर्जुमा गरिएको जस्तो झलक दिने गरि प्रस्तुत भएको छ। मानौँ यो भन्दा पहिले कुनै सरकार थिएन कि ? कसैले काम गरेका थिए कि, कुनै नीति बनेका थिएन कि? त्यो छोडेर मानि लीउ अहिले यो सरकार नै पहिलो स्वयम्भू हो। यो प्रथम स्वयम्भू  अवतरित भएर प्रथम सरकार बनेको छ। पहिलो हामीले नीति तथा कार्यक्रम गरेका छौँ प्रथम सरकार बनेको जस्तै गरि यो प्रसतृत भएको छ। शून्यबाट सुरु गरिएको भान दिन खोजिएको छ।’   

Logo