आफ्नो सरकारको पाला कुनै गडबडी नभएको ओलीको दाबी

आफ्नो सरकारको पाला कुनै गडबडी नभएको ओलीको दाबी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले आफुलाई दोषी बचाउन खोजेको आरोप जबर्जस्ती प्रमाणित गर्न खोजिरहेको बताए। 

उनले भने,‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए। मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिए। मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन्। पछि अर्को सरकारको पालामा कागज फेरियो। माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो। यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन्। आफैँ बाहिर आएको हो। आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न। हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन।’

अध्यक्ष ओलीले शरणार्थी प्रकरणको दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र भइरहेको पनि दावी गरे। उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई सुझाव समेत दिए। 

Logo