सांसद सापकोटाको आक्रोश- ‘ओलीले हेडसरको शैलीमा पढाएर गल्ती गरे’

सांसद सापकोटाको आक्रोश- ‘ओलीले हेडसरको शैलीमा पढाएर गल्ती गरे’


नेकपा माओवादीका सांसद माधव सापकोटाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिपक्षको नेता भएर हेडसरको शैलीमा सदनमा प्रस्तुत भएको भन्दै आक्रोश पोखेका छन् । 

आइतवार प्रतिनिधिसभा बैठकमापछि सञ्चाकर्मीहरुसँग सांसद सापकोटाले नीति तथा कार्यक्रमलाई खारेज गरौं भनेर अध्यक्ष ओलीले गरेको घोषणा र बहस गर्ने तरिका ठीक नभएको टिप्पणी गरे ।

उनले भने, ‘एकालेका अध्यक्ष केपी शर्मा आलीले यस नीतिलाई खारेज गरौं भन्ने घोषणा गर्नुभयो । त्यो उहाँको कुण्ठा हो, उहाँको बहस गर्ने तरिका ठीक होईन् । उहाँले रिसमा यो नीति कार्यक्रम फिर्ता गर्नुहोस्, पुःन लेखन गर्नु भन्नुभयो । प्रतिपक्ष भएर हेडसरको शैलीमा सदनमा प्रस्तुत भएर सल्लाह सुझाव दिने ठाउँमा  सबै सांसदलाई हेडसर जसरी पढाएर गल्ती गर्नुभयो ।’

Logo