#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414846321136335943742230910875
नेपाल1448727914447699605
तनहुँ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा पुग्ने बताएका छन् ।नेपाली काँग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाए ।नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए । “पार्टी सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन प्रभावित पार्न लागि परेका छन्”, उनले भने, “सहमति र सहकार्यबाटै अगाडि बढ्न सके मात्रै पार्टीको हित हुन्छ ।”सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छयसैगरी नेता केसीले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको ब्यास नगरपालिका–३ स्थित सत्यवती बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताए ।नेता केसीले सहकारी देश विकासको खम्बा भएकाले अनुत्पादक क्षेत्रभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाए मात्रै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाली काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, तनहुँ सहकारी सङ्घका अध्यक्ष श्रीप्रसाद भट्टराई लगायतले यसलाई नमूना सहकारीको रुपमा विकास गर्नुपर्ने बताए । रासस

पार्टी नेतृत्व एकलौटी चले घाटा : काँग्रेस नेता केसी

तनहुँ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा पुग्ने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाए ।

नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए । “पार्टी सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन प्रभावित पार्न लागि परेका छन्”, उनले भने, “सहमति र सहकार्यबाटै अगाडि बढ्न सके मात्रै पार्टीको हित हुन्छ ।”

सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ

यसैगरी नेता केसीले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको ब्यास नगरपालिका–३ स्थित सत्यवती बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताए ।

नेता केसीले सहकारी देश विकासको खम्बा भएकाले अनुत्पादक क्षेत्रभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाए मात्रै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाली काँग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, तनहुँ सहकारी सङ्घका अध्यक्ष श्रीप्रसाद भट्टराई लगायतले यसलाई नमूना सहकारीको रुपमा विकास गर्नुपर्ने बताए ।
रासस

सम्बन्धित समाचारहरु